१)
एकान्त ठाउँ
अनजान दृश्यले
डरायो मन ।
००
उकुस–मुकुसमा
अन्धकार समय ।
२)
स्वाभिमानमा
अडिएर बसेको
पौरख आफ्नै ।
००
पिडाले थिच्दा पनि
रमाएको दुःखमा ।
३)
पौरखी हात
कर्ममा अडिएर
सानले बाँच्दै ।
००
दुःखलाई लखेटी
खोज्दै खुशी बटुल्ने ।
४)
चाहना थियो
शिखरमा चुमेर
चर्चा बटुल्ने ।
००
बेनामी भएपछि
जिव्रो टोक्दै खर्चेको ।
५)
सुर्य उदय
उज्यालो टल्केपछि
हिमाली दृश्य ।
००
अाँखै ऐना बनेर
देखिएको सौन्दर्य ।
६)
बिहानीसँग
घामको प्रकाशमा
देख्दै छर्लङ्ग ।
००
चारैतिर हेरेर
रमाएको यो मन ।
७)
बसिवियालो
समय बिताउन
शितल थलो ।
००
पिपलको चौतारी
चर्केको घाम छेक्दै ।
८)
फुर्सद लिंदै
हौसिएको रहर
शिखर चुम्न ।
००
हिंडेको उच्च लेक
चिसोले जिस्क्याउँछ ।
९)
राष्टभक्तिमा
समर्पित भइँदा
आनन्द लाग्ने ।
००
सधैं कर्म अगाडि
सन्तुष्टि मिल्दा दंग ।
१०)
देशको माया
मुटुभरी साँचेर
गर्व गरेको ।
००
सन्तुष्टि मिलेर नै
हौसिँएको सदैव ।
११)
डाढे स्वभाव
एकलकाँटे बन्दै
हर्सुने ठाउँ ।
००
स्वार्थमा लिप्त छँदा
इज्जत नै धुलियो ।
१२)
गर्मी मौसम
पानीको वर्षासँग
मस्त निद्रामा ।
००
छोटिएको समय
रात भाग्दा उज्यालो ।
१३)
पसिना बग्दा
खोजेको चिसो हावा
हिडिएको भौतारी ।
००
भेटिहाल्यो झरना
रम्दै पानीको स्पर्श ।
१४)
बसे जाग्राम
अँध्यारोले जिस्कायो
पल्टेको मात्र ।
००
मनमा भुइँचालो
निद्रा हल्लेको भान ।
१५)
बसेको ध्यान
आँखा चिम्ली एकाग्र
अदृश्य छाया ।
००
सलबलाई दिंदा
दैविशक्ति बुझेको ।




