१)
परदेशमा
सपना देख्न खोज्दा
निद्रा भड्कियो ।
००
झलझली दुनियाँ
आफ्नै देश सम्झेको ।
२)
लामो दिनमा
समय बित्न गाहे
पट्यार लाग्दा ।
००
रन्थने यताउता
सोचाई नै गरूङ्गो ।
३)
तबला बज्दा
ध्वनी बन्यो तरङ्ग
तिखो आवाज ।
००
हत्तारिंदै ठोकिंदा
बेतालको आवाज ।
४)
अन्याय हुँदा
अनसन बसेर
रिस पोखेको ।
००
गल्ति नाङ्गिएको
सम्झिएको शासन ।
५)
बाध्यता पर्दा
घमण्डमा फसियो
उम्कौ कसरी ।
००
रात दिनको चिन्ता
निद्रा नै टाढिएछ ।
६)
आशै–आशामा
जीवन होमाउँदा
दिक्क लागेको ।
००
लामो समय कुर्दा
रहर नै रहस्य ।
७)
मन बिथोल्दा
एक्लो बसी रोएर
भुलेको पिडा ।
००
झ–झल्को ताजा बन्दै
रूवाउँछ समय ।
८)
चराझैं उड्न
पखेटा फिजाउँछ
कैची बनेर ।
००
बाटो रोप्न खोजिंदा
बाज बन्ने प्रयास ।
९)
दिन दैनिकी
संगमस्थल बन्यो
चोक बजार ।
००
मान्छेहरूको भिड
जिस्काउँछ कोरोना ।
१०)
रंगी विरङ्गी
चम्किएको मोतीले
लोभ टाँसेर ।
००
रिसराग फैलंदा
निम्त्यो महाभारत ।
११)
सुसेली हाल्दा
जङ्गल यात्राभित्र
गुञ्जियो श्वर ।
००
सुनसान भइँदा
डर पस्यो मनमा ।
१२)
एक दिन त
मरेर जानुपर्ने
मृत्यु संभावी ।
००
रिसराग त्यागेमा
बचाई नै सार्थक ।
१३)
मिचेछ साँध
बल मिच्याई गर्दा
चुल्यो झगडा ।
००
लाउके बन्न खोज्दा
इज्जत नै धुलियो ।
१४)
चिसो प्रहर
सुनौली बिहानीमा
खुशी भएर ।
००
हिडेर थाक्दा पनि
आनन्दको महशुस् ।
१५)
समय छँदै
साचिएको रहर
जिस्काई दिन्छ
००
उत्तेजित बनेर
यौवनका वैंशले ।




