लुके झै छिपे झै ,नगर्नु न आमा
चुके झैं झुके झैं ,नगर्नु न आमा
कहां छौ अहीले,उडी पो गयौ की
सुके झैं फुके झैं, नगर्नु नै आमा ॥
तिमीलाइ हेर्छु,छ फोटो अगाडी
उडे झैं गुडे झै , नगर्नु न आमा
बिलौना गरेको, बिधाता पुकारी
जिते झैं बिते झै,न गर्नु न आमा ॥
फुलेको बगैचा, हरायो चमेली
बुडे झैं चुडे झैं ,न गर्नु न आमा ॥
कसोरी भनौं खै,फिरी आउ छिट्टै
नआऊं भने झैं ,न गर्नु न आमा ॥
🙏🙏🙏🙏🙏🙏🙏
कोमल,काठमाडौं
२०८१/०१/२६
माता तिर्थ औंसी




