फर्केर हेर्दा
भ्रमै भ्रमको छाया
तर्साउँदा झस्केको ।
टाँसेको मन
चर्केर छरिएछ
कुल्चेका टुक्राहरु ।
गर्मीले हप्प
चिसो खोजेको मन
बगर नै तातेको ।
किनारा छेक्दै
उभिएको विश्वास
शङ्का नै टुसाएछ ।
फरक मन
जोडिएको सपना
माया घचेटी दिँदा ।
अल्लारे बैँस
उत्ताउलो आकाश
माया खोज्न पल्केको ।
आफ्नै सम्झेर
दिलमा टाँसी राख्दा
जोडेको छटपटी ।
तातो समय
मुसलधारे पानी
भिजाउँदा निथ्रुक्क ।
सधैँ भत्किने
गोलै गोल घेराको
डोरीले तन्काएको ।
खोक्रो जीवन
पलाउँदै झरेको
हावाले गुम्स्याउँदा ।
खरो वचन
आडम्बरी ससार
एक्लो हुँदाको मन ।




