कला/साहित्य

कमला मगरको पहिलो गीत यो मेरो पिरतीले चर्चा बटुल्दै

काठमाडौँ ।नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । सार्वजनिक गरेकी छन् । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडिओ कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ ।

गीतको भिडिओमा लोकप्रिय नायक पुस्प खड्का र कबिता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरीएको उक्त गितलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ दुईदिन अघि सार्वजनिक गरिएको हो भने सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

गोरखा ४ आरुघाटकी गायिका कमलाले आफ्नो पहिलो कोसेलीमा आएको दर्शक तथा स्रोताको प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताएकी छिन् । उनले आफूले यसपछि पनि निरन्तर गीतसगीतमा समय दिने र छिट्टै अर्को गीतको लागी तयारी भइरहेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *