कला/साहित्य

कवि तथा गीतकार रामचन्द्र ढकालको मर्मस्पर्शी दशैं गीत ‘कति म सम्झूँ’

काठमाडौं । कवि तथा गीतकार रामचन्द्र ढकालको दशैं गीत ‘कति म सम्झूँ’ सार्वजनिक भएको छ । देशवाट मुग्लान पसेका र दशैंमा घर फर्कन नसकेका आफन्तहरुलाई सम्झेर कारुणिक रुपमा गीतका शब्द लेखिएके छ । गीतलाई गायिका मेलिना राईले स्वर दिएकी छन् ।

रोजगारी तथा अध्ययनका क्रममा घर छोडी विदेशिएका आफन्त, श्रीमान्श्री–मती, घर बिदा नपाउँदा र भेट्न नपाउँदाको पीडा गीतमा समेटिएको छ । जोकोही आफन्तहरु घर आउन नपाउँदा पक्कै मन दुख्छ भन्दै कति ‘कति म सम्झूँ’ गीत लेखेको गीतकार ढकालले जानकारी दिए । देश र जनताको सुरक्षामा अहोरात्र नभनी खटिएका सुरक्षाकर्मीहरुले दशैंमा घर जान नपाउँदा कति पीडा हुन्छ र कसरी बस्छन्, कसरी दशैं मनाउँछन भन्ने पीडालाई समेत गीतमा समेटिएको छ ।

लामो समयसम्म एकैसाथ श्रीमान् श्रीमतीले दशै मनाउन नपाउँदाको पीडालाई म्युजिक भिडियोमा देखाइएको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र रामकृष्ण वाइबालाई अभिनय गरेका छन् । गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई कृष्ण महर्जनले मिक्सिङ गरेका हुन् ।

म्युजिक भिडियोलाई धुर्मुस सुन्तली फाउण्डेसनले आफ्नो युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो । गीतलाई अहिलेसम्म ३७ हजारपटक हेरिएको छ । रचनाकार ढकालले यसपटकको दशैैमा यो गीत सम्पूर्ण नेपालीमा समर्पित गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *