कला/साहित्य

सबैलाई धान दिवशको शुभकामना

आज १५ आषाढ
टांडी फांट रमाईलो भो
तोरी फुल्यो शरदलाई
टटलो त्यो हांसी बस्यो
धतुरो फूल शिवजीलाई ।
सिमल बोट हराउंदा
कपास रोज्यौं डसनालाई
नानीझार टिप्नजांदा
निदाई बस्यो जोगीनलाई ।
ऐंसेलुले बोलाउंथ्यो
काफल गेडी सोली बनाई
सिदूरे छ सातो जांदा
कलधाराको पानी मिलाई ।
झारफुक गर्न तयारी भो
बावियो को कुचो बनाई
पिंडालु र तरूल भयो
एकादशी सक्रातीलाई ।
भैसी पाल्नु घांस हाल्नु
खोर टांड बाख्रालाई
दहिच्युरा जोहो गर्नु
राख्नु पन्ध्र असारलाई ।
कोमल,काठमाडौं
२०८०/०३/१५ शुक्रबार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *