केश तिम्रो फुर्र फुर्र ,हावा सरी उडी रह्यो
काला खैरा सेता हुदैं ,उमेर् संगै चडी रह्यो
मिली बसौं भन्दै थिएं,नबुझे झैं गरी गयौ
दिन ढल्यो बैंश बढ्यो,मन मात्र डडी रह्यो ।
नजर् तिम्रा नसालु ति,हेरी मन मुग्द हुन्थें
गाजलु र लजालुले,नारी शिल छनक् दिन्थे
सम्झी सम्झी बस्छु आज,कता गए दिन हरू
आखा आखा जुधे पछि,भाखा आफैं स्वर बन्थे
केस्रीएका ओठहरू ,दिन सगै गयो आज
बोल्ने कुरा पर भयो,सम्झंदा नै भयो लाज
मौलाए की ओई्लाए खै ,जान्न पनि मन छैन
लाली पनि फिका आहै,बैशले नै गर्यो राज।
साडी चोली लगाएकी,सिलाएको मिल्दो उस्तै
चांदनीले पुर्णीमामा ,शिल छरी हांसे जस्तै
किन किन दिल फाट्छ,दाग लाग्ला भन्ने डर
मेरो छाती भत भती ,जलेको छ तिम्रो जस्तै
पाउजुको संगीतमा,जुत्ताअझै सुहाएको
झर्न लाग्दा आशु थोपा,भित्र भित्रै लुकाएको
मन मुटु सम्हालिन्छ ,हात तिम्रो समाउंदा
सोची सम्झी तिमीलाई ,दिल भित्र सजाएको
कोमल, काठमाडौं
२०८०/०३/०४




