धोका दिई गयौ तिमी,कसो गरी हांस्नु मैले
छिया छिया फाटेको मन्,के गरेर गांस्नु मैले ।
ऐना फुटी टुक्रीएका,चिरा चिरा बिम्म जस्तै
तिम्रो माया टुटी गयो ,के गरेर टांस्नु मैले ।
धार हाले बन्चरोमा,रूख बाट हलो बन्ला
चेहराको पोतो लौन,कसो गरी तास्नु मैले ।
ठुलो हो की धुलो भयौ,कुरा होला फुर्सदमा
लागेको यो कालो दाग,कसो गरी नास्नु मैले।
बिष बृक्ष उम्रीएला, बिऊ बांकी रह्यो भने
खराबीका जरा सबै,कसो गरी मास्नु मैले ।
संग संगै बाचौं भन्ने,बिर्सियौ की बाचा हाम्रो
बाटो अर्को रोज्नेलाई,के भनेर छास्नु मैले ।
कोमल,काठमाडौं
२०८०/०२/३०




