कला/साहित्य

गजल

खोजेको हो तिमी जस्तो,अरू संग नभुलेकी
हाट घाट बजार् कतै ,कसै संग नडुलेकी॥


हिउंचुली चांद संग, मुस्काएर हांसे जस्तो
रोजेको हो तिमीलाई,कसै संग नखुलेकी ।


मदानीको मधु जस्तो,मिठो अनी रसीलो छौ
आज सम्म कसैलाई,मन भित्र नहुलेकी ॥


छानेको छु तिमी त्यस्तो,बिधाताको उपहार
औला ठड्याउने गरी ,कहीं कतै नघुलेकी ॥


प्रकृतीको बगैचामा,सप्तरंगी फूलहरू
यस्तो फूल तिमी सानु,कसै संग नझुलेकी ॥

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *