तिमी फाल हान्दै फकाएर आयौ
अझै छाल तान्दै, छकाएर आयौ
नदीको किनारी, सिरेटो चलेको
झुकाएर राती, झकाएर आयौ ।
भागी नहुने, भनेथ्यौ हिजो नै
दगुरी अचम्मै, थकाएर आयौ ।
उठायौ पहिल्यै, परागै पराग्भो
बढ्दै बटारी, पकाएर आयौ ।
सजिलो थिएन, सबै काम तिम्रा
सखारै कसोरी, सकाएर आयौ ।
कोमल, काठमाडौं
२०८०/०२/१४




