तिमी नाम छिट्दै,छटाएर आयौ
अहो दांत किट्दै,ठटाएर आयौ ।
भनेको त हो नी,बनाऊनु राम्रो
पुरानै अमीलो ,चटाएर आयौ ।
म भन्दा त जान्ने,छदै छैन भन्थ्यौ
भयो के त कद्खै,घटाएर आयौ ।
समातेर दौरा,झुकेको नहेरी
कठै बोझ सम्झी,हटाएर आयौ ।
ठुलो ज्ञान ज्योती,सिकाऊनु भन्दा
खराबी अरूनै ,रटाएर आयौ ।
कोमल, काठमाडौं
२०७९/१२/२८




