सबैलाई मिलाउँछु एक दिन,
सन्तुस्टिको प्यूस पनि पिलाउँछु एक दिन,
आज त वेखवर छु ऐनाको अगाडी म एक्लै,
सबैलाई मिलाएर हसाउँदै एउटै छहारीमा बसाउँछु एक दिन ।
समयसंगै चल्न सिकाँउदैछ परिस्थितिले, अभावमा आँसु नझार्नु कहिल्यै,
बादल लागेर जाडो हुँदा ज्वालाको साथ लिदैँ,
फलामे गेटहरुलाई फलामे छिनोले काट्दै
कोशी तर्नलाई डुङ्गाको माझी बन्दै
हिड्ने बाटो बिर्सिदिँन ‘म’
मुल घरमा पुगरे ढोकाको ताला खोलेपछि,
परिवारमा खुशीका आँसु झार्ने दिनमा
सबै बसेर मिस्ठान्त भोजनको साथमा
गोँधुली साँझमा झ्ँयाकिरीको संगीतसंगै
सारङगीको धुन अनि बासुरी धुन दाइको साथमा
बुबाको काखमा नाती नाच्दैँ, आमाले नातिनीलाई नचाउँदै
दाजुभाई , दिदिबहिनीको साथमा
आन्नदको शान्त रातमा हुँन्छौ संगै
कुनै एक रातमा
रातले दिनको आवश दिनेछ
ओठमा मुस्कान,मनमा न्याँनो मायाँको संगीत गुञ्जिन्छ अनि
हाम्रो साथमा ,हुन्छौ हामी सँधै उज्यालो रातमा
धैर्यता ,सहनसिलता र परिश्रमको पृथ्वीमा
दौडिरहन्छु साँचो ताल्चाको खोजिमा
बोकेर गोजिमा विश्वास,साहस, र सदभाव
हुन सबैसंग एक छहारीमा




