मिले सम्म जाने गर्छु ,हेर्छु आमा बागमती
चिताबाट रुदै भन्छिन्,भयो मेरो दुर् गती ।
ढल हाले मल हाले ,जता ततै फोहर् फाले
गन्ध मैला मात्र हुन्छ,बिचरा छन् बिष्णुमती ।
तिर्थ जल बोकी लाने,थियौ चोखो नदी तिमी
लास लादी बोक्नु पर्दा,कष्टमा छन् रूद्रमती ।
कोहि पिच्च नाक थुनी,भागे मुख ढाकी कोही
हेपाईले पिडा हुन्छ,भन्छिन् आज भगवती।
राम्रो फूल नफूल्नु है,आखा लाग्छ भनेको हो
बेली चम्पा चमेली र, पछुतोमा पशुपती।
कोमल,काठमाडौं




