कला/साहित्य

‘माया छरेर यहाँ, छायाँ फरार हुन्छ’

काठमाडौं । श्रष्टा रामचन्द्र ढकालको गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीत मर्मस्पर्शी त छँदैछ, मायामा धोका पाउनेहरुका लागि यो गीत मन मुटुमा अमिट बन्ने निश्चित छ ।

गायिका प्रविशाको कर्णप्रिय गीत स्वर र श्रेष्टा रामचन्द्र ढकालको मर्मस्पर्शी शब्दको गीतमा सन्जित भण्डारी, निरुता शाही र अन्जली श्रेष्ठको अभिनयले राम्रोसँग साथ दिएको छ । गीतको मर्ममा छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ ।

हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् । सामना म्युजिक क्रियसनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो युट्युबमा अपलोड गरेको २४ घन्टा पनि नबित्दै ६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । माया प्रेमलाई मर्मस्पर्शी ढंगले अभिव्यक्त गर्ने कुशल श्रष्टा ढकालको यसअघिका साहित्यिक कृतिहरु पनि त्यत्तिकै सशक्त मानिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *