१,
उकालो बाटो जाँदा हावा लाग्यो जोडसङ्ग
अगाडि जान्छुभन्दा थिलथिलो आफ्नै मन
गन्तव्य रोकिएपछि आँत्तिएको सडक ।
२,
हल्लियो कालोडोरी सडकमा तेर्सिएर
निडर बन्दाबन्दै आत्मासाक्षी थुपारेर
भएन आत्मबिश्वास कमजोर भएछ ।
३,
बिश्वास गर्नुपर्ने आफैलाई सुम्पेपछि
स्वार्थीछे भन्ने कुरा पछि मात्र थाहापाएँ
स्वर्गीय अनुभूतिमा पाैडिखेल्दै विश्राम ।
४,
बाँसको कडा झ्याङ राति देख्दा खैलाबैला
नमीठो ध्वनिलाई मिलाउँदै उड्याे चरा
अँध्यारो ढल्कँदै जाँदा रात पनि चिच्यायो ।
५,
तुइँन चढ् ढा चढ् ढै अलिकति आत्तिएछ
बीचैमा अडकिए छ आपतमा फसिहाले
बाध्यता सधैका लागि सुल्झने पो कहिले ?
६,
हिमाल टल्केपछि चमकता आइहाल्छ
प्रफुल्ल मुहारमा थोरैखुसी जंकाभेट
तारिफ गर्दागर्दैमा नथाकेको आवाज ।




