काठमाडौं । साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरुलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको गत शुक्रबार बसेको बैठकले विभिन्न व्यक्तित्वलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान गायन विधाका नुपुर बनर्जी भट्टचार्यलाई दिइने निर्णय भएको छ भने नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली (बाद्यबादन), शिला पनत (रचना), सीताराम पोखरेल (गायन÷रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (सास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केष्ट्रा÷संगीत), शितल कादम्बेनी (रचना) र शहदेव ढुंगाना (रचना) लाई प्रदान गरिने भएको छ ।
यसैगरी नातिकाजी राष्ट्रि संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) र शिव परिवार (गायन) लाई प्रदान गरिने भएको छ । यस्तै नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डीपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सीतार) लाई पुरस्कृत गरिने समाजले जनाएको छ ।
नातिजकाजी राष्ट्रिय संगीत संयोजक तथा बाद्य पुरस्कारबाट एलिसा कार्की ढली पुरस्कृत हुने भएकी छन् भने नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कारबाट कृष्ण कँडेल तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट विजयरत्न तुलाधर र दिवाकर मैनाली पुरस्कृत हुने भएका छन् ।




