खुशी फिर्ता लग सानु, म त एक्लै सुखी थिएं
आंफै आई लग्ने हौ की, लौ न भन मैले दिएं।
धुप थियो पानी मागें, लोटा लिई भाग्यौ तिमी
छैन आज भोक तिर्खा, तिम्रो लागी मात्र पिएं।
चांद पनि लुक्ने गर्छ, दाग लाग्ला तिम्रो भनी
उस्कै शान्त बानी देखी, तिम्रो बाटो हेरी जिएं।
तारा पनि तिम्रो लागी, धर्ती अझै तिम्रो भयो
सुख जति राख प्यारी, दुख सबै मैले लिएं।
माला उनुं जस्तो लाग्छ, मन भरी फूल फुल्दा
तिम्रो दिल फाट्ला भनी, आंसु संग मन सिएं।
कोमल, काठमाडौं




