कला/साहित्य

गजल

चोरी सकिछौ दिल, थाहै भएन
फोरी सकिछौ डिल, थाहै भएन।

धेरै छ झै लाग्थ्यो, म भित्र पानी
रित्तीई सकेछ आंशु, थाहै भएन ।

रातको जुनले, झुक्यायो प्रिया
कटी सकेछ बाटो, थाहै भएन ।

हेमन्त आयो जाडो छ, भन्थ्यौ
पोलीसकेछ वदन्, थाहै भएन।

म त साकाहारी भन्थ्यौ, भेटमा
खाई सकिछौ मुटु, थाहै भएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *