१,
मुसुक्क हासिदिदा गइहाल्छ भुइचालो
मननै कमजोर अतालिदै बामे सरे
भएन भलाकुसारी रिसाउदै थाकेछु ।
२,
आकाश धमिलिदै निराशमा तनमन
सोचाई थातिराख्दा मडारियो इच्छाहरु
लिएर पीडाको पोको लम्किलम्की हिडेको ।
३,
अनौठो निरकुश शासनले दबिदैछ
स्वतन्त्र चराजस्तै हावा खान आतुरछौ
आटले अन्याय तोड्दै सबैलाई सिध्याए ।
४,
सबैले लोकतन्त्र प्राप्त गरे सङ्घर्षले
अन्याय अत्याचार विरुद्धमा बलिदानी
लेखियो वीर सहिद इतिहास बिर्सेर ।
५,
चुनाव भएपछि सस्थागत लोकतन्त्र
जित्नेले समातेछ शासनको जिम्मेवारी
हार्नेले कमजोरीमा दिनबित्दै सुतेको ।
६,
जवानी पोख्दै गर्दा रमाउँदै आँखा लाग्यो
बयली खेल्दाखेल्दै हल्लिएका बैँसहरु
सम्झँदा विगतलाई जिब्रो काट्दै तर्सेको ।




