काठमाडौं । मोडल निशा घिमिरेको निधन भएको छ ।
नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारकै क्रममा बुधबार साँझ मृत्यु भएको नर्भिक अस्पतालले जानकारी दिएको छ । दुर्घटनामा परेर लामो समयदेखि विरामी घिमिरे नर्भिक अस्पतालमा उपचाररत थिइन् ।
अस्पतालका अनुसार घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्दै गएको थियो ।
अस्पतालमा उपचारमा रहेकै बेला घिमिरेको उपचारमा विभिन्न संघ संस्थाहरुले समेत सहयोग गरेका थिए ।




