कला/साहित्य

प्रकाश र महेशलाई यो वर्षको युवा वर्ष मोती पुरस्कार

काठमाडौं । नेपाली साहित्यको महत्त्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार जापानमा बसेर संसारभरका नेपाली स्रस्टाहरूको नेतृत्व गरिरहेका चितवन चनौलीका स्थायी बासिन्दा युवा साहित्यकार प्रकाश पौडेल ‘माइला’ ले प्राप्त गर्ने भएका छन् । हिजो बसेको युवा परिषद कोषको बैठकले यो निर्णय गरेको हो ।

बिगत १६ वर्षदेखी जापानलाई कर्म थलो बनाइरहेका प्रकाश ‘माइला’ रातापुर प्राबि, भिमनगर माबि र अन्नपूर्ण माबि पार्वतिपुरमा अध्यायन गरेका हुन । उनि स्कुले जीवनदेखी नै लेखन र सिर्जनामा औधी रुची राख्दथे ।

पर्दाफाश हाइकु सङ्ग्रह (2061) उनको पहिलो कृती हो भने दर्जन बढी पुस्तक लेखन र सम्पादन गरिसकेका छन । अन्तरास्ट्रीय नेपाली साहित्य समाजमा गतसाल मात्रै निर्बिरोध निर्वाचित भएका पौडेल शालिन र भद्र मिजासका छन । जस्ले वर्ल्ड हाइकु एसोसिएसन जापानमा कार्यकारी पदमा रहेर काम गरीसकेका छन ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रकाशले भने, ‘बिदेशमा बसेर गरिने साहित्य सेवालाई घर देशबाट पनि उपयुक्त मुल्यान्कन हुने रहेछ । यसले मलाई थप उर्जा र हौशला दिएको छ ।’

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदान गर्दै आइएको युवा वर्ष मोती पुरस्कार २०७८ पाउनेमा काठमाडौँ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभास पनी हुनुहुन्छ । दुबैलाई सन्युक्त रुपमा दिने निर्णय भएको हो

कोभिड-१९ का कारण गत वर्ष रोकिएको मोती पुरस्कारको घोषणा यसै वर्ष गरेका कारण एकैसाथ चार जना युवा स्रष्टाले यो पुरस्कार पाएका हुन् । निर्णायक मण्डलले २०७७ सालका लागि कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याल र कवि एवं साहित्यिक पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने निणर्य गरेको हो ।

पुरस्कारको राशी पचास हजार रुपैँया र प्रमाणपत्र रहेको छ । यो राशी दुई जनाले संयुक्तरूपमा प्राप्त गर्नेछन् । मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरुलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिन्छ ।

युवा वर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *