कला/साहित्य

फेरि किन मडारियौ ?

हे इन्द्रावती,हे मेलम्ची !!!
तिमी त शान्त थियौ
फेरि किन मडारियौ ??
कन्चन सफा थियौ
किन धमिलियौ ??
बग्न आफ्नै बाटो थियो
त बस्ती किन उजाडदियौ ??

हे दोर्दी ,हे मर्स्याङ्दी !!
रोप्न राखेको बीउ बगायौ
घरमा बसेका जिउ बगायौ।।
तिमी त सुस्तरि बग्दै थियौ
के भो र यसरी गडगडायौ ??
तिमिलाई मन्दिरम चढाउथ्यौ
मन्दिर सङ्गै बगाई लग्यौ ।।

नदि ,हे नदी !!
बिन्ती ! पुग्यो अब नमच्चिदेउ
हाम्रो निमित्त थामिइदेउ।।
ती कलिला बच्चाहरुमा
त्रास नथपी देउ
ती बुढा शरिरलाई
धेरै शिथिल नबनाइदेउ
नरोक ती पौरखी हातहरुलाई
आआफ्नो काम गरि खान देउ।।

आउ मिलेर अगाडि बढौ।।
हामी तिम्रा बाटो थुन्दैनौ
तिमी हाम्रो बस्ती छोड ।।
हामी तिमिलाइ सफा राख्छौ
तिमी हामिलाई सिचाई बाड ।।
तिम्रो दोहन हामी रोकौला
तिमी हाम्रो खेतलाई रोक ।।

हामी तिमिलाई पिउन चाहन्छौ ।।
सफा सुघ्घर जिउन चाहन्छौ।।
हामी तिमिमाथि डोजर नचलाउला
तिमी हामिमाथी बाढि नचलाउनु।।
तिमिमाथी फोहोरको डङ्गुर नफालौला
तिमी हाम्रो बस्तिमा लेतो नफाल्नु।।
बस अब तिमी थामिनुपर्छ।।
हामी पनि अब सुध्रिनु पर्छ।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *