कला/साहित्य

कटौता

१.
गहिरो कुवा
जमेको पानी पिएँ
धित मर्न सकेन !
२.
काम बिग्रिँदा
मन बनेको भारी
पाइलै खुम्चिएको !
३.
भेटघाटमा
जोडिएको मित्रता
सम्झना मनभरि !
४.
खान लागेको
हुरि बतास चल्यो
भाग्य ठोकिन पुग्दा !
५.
फूलको झुप्पा
एक्लिएको बगैँचा
जोडिदिन खोजेको !
६.
दु:ख बुझेर
अगाडि बढ्न खोज्दा
खाल्टो परेको बाटो !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *