कला/साहित्य

‘अस्मिता’, ‘आमा’ र ‘सराप–मोचन’ सार्वजनिक

काठमाडौं । लेखक डा. केआर दाहालको ‘अस्मिता’ (उपन्यास), पत्रकार राजन कार्कीको ‘आमा’ (व्यथै–व्यथा) र लेखक जीवराज भट्टराईको ‘सराप–मोचन’ (उपन्यास) सार्वजनिक भएको छ ।

रत्नसागर प्रकाशन प्रालिद्वारा प्रकाशित तीन वटै पुस्तकलाई यहाँ शुक्रबार आयोजित कार्यक्रममा डा. जीवराज पोखरेल, डा. प्रेमसिंह बस्नेत र प्राडा. सुरेन्द्र केसीले संयुक्तरुपमा विमोचन गरे ।

प्राडा. केसीले तीन वटै पुस्तकमा विशेषगरी राष्ट्र, राष्ट्रियता, नेपाली माटो, भ्रष्टाचार र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा उल्लेख गरिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *