कला/साहित्य

पग्ली रसाऊन् रसकेलि रङ्ग


अग्लो चुली चुम्बन बिम्ब खस्ने
पग्लेर पानी छहरो नबस्ने
नदी झरून् झल्मल बेग बोकी
आलोक बेग्लै छ र दिव्यज्योति ? ।१।

नेपालको पौरख पाखुरीमा
मस्किन्छ सूर्योदय टाकुरीमा
नौ लाख खित्का वन बैंस खोल
छ व्योम–धर्ती प्रियता अमोल ।२।

छन् मेघमाला सँगिनी सँघार
दौडेर रच्छन् सृजना हजार
नछोड डाको डिल कन्दरामा
आतेस जो हुन् नरहून् धरामा ।३।

आकाश छाती मन दृष्टि चौडा
बने बनिन्छन् ऋतु याम नौला
नबिर्स रे भाव सुधा तरङ्ग
पग्ली रसाऊन् रसकेलि रङ्ग ।४।



मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *