कला/साहित्य

महोत्सवका लागि ३० कविता छानिए

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यही मंसिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।

देशभरबाट प्राप्त ५ सय २ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्‌प्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक असार ९ गते हुँदै आएको प्रगियोगिता कोभिड–१९ का कारण पछि सरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *