बाच्यौँ भने अर्कोवर्ष लाउँला बहिनी टीका
कोरोनाले सबै पर्व भए फिकाफिका
दाजु घर आइन भनी नमान्नु है पीर
मेरो आशिष तिमीलाई छँदैछ आखिर
फुले होलान् मखमली सयपत्रीहरु
सङ्गैहुन मन त थियो चाहेर के गरु ?
बाच्यौं भने ……
कोरोनाले…..
यो बर्ष त जसरी नि आउँछु भन्थें आमा
सम्झिराछु तिम्रो हातको गुन्द्रुक, आलु, तामा
रुँदैहोलान् छोराछोरी नानाचाचा भनी
बाटोहेर्दै बसिहोलिन् प्रियसीले पनि
बाच्यौं भने…….
कोरोनाले ……
मपनि त दु:खीभाछु सम्झिराछु घर
टाढाभई एक्लैबस्न कस्लाई रहर छ र ?
परिवारलाई रुवाएको होइन जानीजानी
जागिरेको कथाब्यथा यस्तै हुन्छ सानी
बाच्यौं भने….
कोरोनाले….
राेल्पा




