कला/साहित्य

‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को लोकार्पण

काठमाडाैं । कवि तथा गीतकार पुरुषोत्तम ढकालको कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को आज लोकार्पण गरिएको छ ।

कृति लोकार्पण गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले उक्त साहित्यिक कृति उत्कृष्ट र गीति एल्बम राष्ट्रिय भावनाले ओतप्रेत भएको बताउँदै समाजका विसङगतिको दृष्टिकोण र मानिसमा हुने दानवीय रुपलाई ढकालले कवितामा चित्रण गरेको बताए।

समाजमा मानवीय संवेदना र प्रेमभाव जगाउने प्रवृत्तिलाई प्रोत्साहन गर्ने बेला भएको उल्लेख गर्दै उहाँले नकारात्मक भाव हटाउँदै देशप्रेमको भावना जगाउन र समाज रुपान्तरण गर्ने सवालमा कविताको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

नेता नेपालले भन्नुभयो, “कविताको माध्यामबाट जुनसुकै विषयमा मानिसलाई तरङ्गित पार्न सकिन्छ, उत्प्रेरित गर्न सकिन्छ, त्यसमा कविहरु सफल पनि हुन्छन् ।” कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले मानवीय प्रेमसहित प्राकृतिक विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरी राजनीतिक व्याङ्ग्यमूलक लेखनका लागि लेखकलाई बधाई दिए ।

नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले कति लेख्नेभन्दा पनि के लेख्ने र कसरी लेख्ने भन्ने कुराले कविताको अर्थ राख्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *