नबिर्सने गरी बितेको बाल्यकाल श्रद्धाञ्जली, अधुरा-अपुरा र अलभ्य ती साल श्रद्धाञ्जली । दरिद्र भएर किताब, कापी, विद्या सबै मागियो, खाना माग्दा जुन दिए अर्कै माल श्रद्धाञ्जली ।
पाउले सपनाकार दिमागलाइ गन्तव्यमा लग्यो, पैतालामा बग्रेल्ती खिल रोप्ने काल श्रद्धाञ्जली ।
जुङ्गा बस्नु पुर्बका मिठा सपनाहरु उ बेलालाइ, कछुवाको पाराले पूरा नहुने ताल श्रद्धाञ्जली ।
बुझ्दा शैशवमा गरेछु राजनीति आफैलाइ ढाँटी, तिब्र गतिमा बलापन काट्ने ताल श्रद्धाञ्जली ।




