कला/साहित्य

गजल

भुइमान्छे मात्र मर्नुपर्ने
कस्तो रोग जाल हो यो,
सिंह छन हुने,निमुखालाई
नियम ताल हो यो ?

तिब्र राजनीतिक ब्यपार
फस्टाउदै छ धमाधम,
यो न त्यो दल, जनता
लुट्ने जुवाखाल हो यो ।

सिकिस्त बिरामी आउछ्न
उपचार गराउन तर,
मर्छन अस्पतालमा अरुलाई
मालामाल हो यो ।

हे दैव, तिमी पनि
कमजोरलाइ मात्र सताउछौ,
लैजाउ यमराजकोमा अबत
जघन्यको पाल हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *