कला/साहित्य

हाम्रो नेपालमा

गजल

जनतालाई फसाउने जाल बुन्छन, हाम्रो नेपालमा।
अनि श्रमिकहरु भोकभोकै रुन्छन,हाम्रो नेपालमा।।

गिरफ्तार गरी हतकडी लगाइन्छ देश समृद्धिको लागि बोल्नेलाई,
र त अपराधी,भ्रष्टाचारी सँरक्षण हुन्छन्, हाम्रो नेपालमा।।

धनी झन धनी हुँदैछन्,धाउँछन् महल किन्छन करोडौंका लुगा,
तर गरिबहरु च्यात्तिएका लुगा तुन्छन्, हाम्रो नेपालमा।।

चुनाव आए गरिब जनतालाई प्रयोग गर्छन्,प्रचारप्रसारको लागि,
र अवसर पाए आफ्नालाई मात्र चुन्छन्, हाम्रो नेपालमा।।

जनताको पक्षमा उठि वैज्ञानिक समाजवादका नारा लगाउँदा,
गिरफ्तार गरेर कारागारमा थुन्छन्, हाम्रो नेपालमा।।

 

गोविन्द देवकोटा ´बिगुल`
वाँफिकोट ९ रुकुम´पश्चिम`

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *