ताजा समाचार

ग्राउण्डेड रहेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज संचालन

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाज संचालनमा आएको छ ।
निगमको ९ एन- एबिटी ट्विनअटर जहाजले परिक्षण उडान सफलता पुर्वक पुरा गरेको जानकारी दिदै अब देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्ने जानकारी दिएको छ ।

गत सेप्टेम्बरदेखि इन्जिन मर्मत् तथा वार्षिकी जाँचका लागि ग्राउण्डेड रहेको सो जाहज आवश्यक मर्मतपछि संचालनमा आएको निगमले जनाएको छ । परिक्षण उडानको सफलतासँगै निगमको दुईवटै जहाजमार्फत आजैदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरू गरिएको र यसबाट यात्रुवर्गलाई सेवा सुविधा प्राप्त भई यात्रा थप सहज हुने निगमले विश्वास लिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *