काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।
लामिछानेले रास्वपाका सांसदहरुसहित मंगलबार बिहान सिंहदरबारमा सभामुख घिमिरेलाई भेट्दै आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए ।
लामिछानेले आफुलाई नियोजित रुपमा निलम्बन गरिएको बताउदै आफ्नो निलम्बन फुकुवा गर्न सभामुखलाई आग्रह गरेको बताए । आफ्नो आग्रहलाई सभामुखले सकारात्मक रुपमा लिएको र आफुले यस बारेमा थप छलफल गर्ने बताएको लामिछानेले जानकारी दिएका छन् ।
लामिछानेको सांसद पद गत पुस ८ गतेदेखि निलम्बित भएको थियो । उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।




