ताजा समाचार

ई. पि. एस. मार्फत कोरियाले सन २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रूट ईन्डष्ट्री क्षेत्रमा कामदार लाने

काठमाडौं । वैदेशिक रोजगार विभाग ई. पि. एस. कोरिया शाखाले फेसबुक लगायतका समाजिक संजालमा तथ्यविहीन ,भ्रमपूर्ण समाचार सम्प्रेशन नर्गन आग्रह गरेको छ । विभागले फागुण ३० गते एक आधाकारिक विज्ञप्ती सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।केही दिन अघिदेखि सामाजिक संजालमा कोरियन भाषा परीक्षा उतिर्ण गरी रोष्टरमा रहेका कामदारहरुको विवरण र फाइल कम्पनी समक्ष ई.पि.एस. कोरिया शाखाबाट नपठाइएको र कोरिया लैजाने कोटा समेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार सार्वजनिक भएको विभागले जनाएको छ । अहिले विभागले उक्त कामलाई निरन्तरता दिइरहेको छ ।

वैदेशिक रोजगार विभाग ई. पि. एस. कोरिया शाखाका अनुसार रोजगार अनुमति प्रणाली ई. पि. एस मार्फत नेपाली कामदारहरु कोरिया पठाउने कार्य नेपाल सरकार र दक्षिण कोरिया सरकार बीच भएको द्विपक्षीय सम्झौताको आधारमा कार्यान्वयन हुने गर्छ । उक्त प्रक्रियामा नेपाल सरकार र दक्षिण कोरिया सरकार बाहेक अन्य कुनै पनि पक्षको संलग्नता नरहने भएकाले एक पटक कोरियन भाषा परीक्षा उतिर्ण भएका कामदारहरू दुई वर्षसम्म कामदारको सूची रहनेछन् । कोरियन भाषा उर्तिण गरेर रोस्टरमा सामेल भएका कामदारहरुलाई दक्षिण कोरियाले आवश्यकताका आधारमा छिटो वा ढिलो प्रक्रिया अगाडी बढाउन शाखालाई निर्देशन गर्ने गरेको विभागले जनाएको छ ।

यस्तै सन २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपबिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लाने गरेकोमा सन २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रूट ईन्डष्ट्री क्षेत्र समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत वर्षको भन्दा सन २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको ई. पि. एस कोरिया शाखा नेपालले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *