काठमाडौं । आफ्नै घरको छतबाट हाम फालेर कैलालीको धनगढीका कस्मेटिक व्यवसायी सन्तोष अग्रवालले आत्महत्या गरेका छन् ।
धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय अग्रवालले बुधबार आफ्नै घरको पाँच तलाबाट हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बुधवार विहान करिब ११ः२० बजे हाम फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । नवजीवन अस्पतालमा उपचारका क्रममा अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । घरको रेलिङबाट केही तल झरेर उल्टा फर्केर हाम फालेका अग्रवाललाई हाम फाल्दै गर्दा त्यहाँ रहेका स्थानीय बासिन्दाले हाम नफाल्न आग्रह गरेका थिए ।




