कला/साहित्य

‘ऐँठन’ उपन्यासलाई मदन पुरस्कार

काठमाडौं । ‘ऐँठन’ उपन्यासलाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई दिने निर्णय गरेको हो ।

२०७९ सालको मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा ‘ऐँठन’सँगै ‘इजोरिया’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ मनोनयनमा परेका थिए ।

मदन पुरस्कार नेपाली साहित्य क्षेत्रमा प्रतिष्ठित मानिन्छ । यो विस २०१२ मा स्थापित भएर २०१३ मा पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीलाई, सामाजिक शास्त्रमा चित्तरत्न नेपालीलाई र विज्ञान विधामा बलराम जोशीलाई दिइएको थियो ।

त्यसैगरी त्यस्तै, जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने गुठीले जानकारी दिएको छ । दुवै पुरस्कारको राशी चार लाख रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *