कोरोना अपडेट

थप ७८ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार ११४८ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५० जनालाई संक्रमण ठिक भएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या ३८३ रहेको छ । जसमध्ये २५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ७ जनाको आइसीयुमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *