देश

जसपाले कोशी नाम नमान्ने, प्रदेश १ नै स्वीकार्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले कोशी प्रदेशको नाम सच्याएको छ । आइतबार अध्यक्ष यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि प्रदेशको नाम प्रदेश १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जानकारी दिएका छन् ।

पत्रमा २०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याएको हो । प्रदेश १ बाट जसपामा विजयी भएका अशोक राई शिक्षामन्त्री बनेका छन् । उनी सुनसरी १ बाट विजयी भएका हुन् । विराटनगर र धरान अहिले पहिचानवादीको आन्दोलनको मुख्य ठाउँ भएको छ ।

सोही कारण जसपा कोशी प्रदेश नाम स्वीकार्नबाट डराएको हो । पहिचानवादीहरूले चैत २५ गतेदेखि विराटनगरमा निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *