राजनीति

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न बोलाइएको सचिवालय बैठक केहीबेर अघि सुरुभएको हो ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्नेछ। तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले डा। स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। यस्तै चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार छन्। त्यस्तै बारा–२ मा रास्वपाबाट रमेश खरेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्।

एमालेबाट चितवन- २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ- १ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको बताइए पनि आजको सचिवालय बैठकबाट अन्तिम नाम टुंगो लाग्ने एमाले सचिवालय स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *