संसद

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ ।

बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ ग्र्केका हुन् ।

राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *