बागमती प्रदेश

एमालेको निर्णय- बागमती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बुझाउने भएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने तयारी गर्दा उनीहरुले मन्त्रीबाट राजीनामा दिने र विश्वासको मत नदिने निर्णयमा पुगेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *