पत्रपत्रिकाबाट

तीनओटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने तयारी

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुईवटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।

आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहु“ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल शुरू गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । ‘चितवनमा उपनिर्वाचन गराउने बेलामै तनहु“ र बारा पनि निर्वाचन गराउ“दा स्रोत साधनको किफायतीका हिसाबले राम्रो हुनेछ कि भनेर सोचका छौं । सरकारसँग छलफल गरेर यसको घोषणा गर्नेछौं’ –उहा“ले भन्नुभयो ।

२०७९ साल मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्र रिक्त भएको थियो । आयोगले गत माघ २९ गते सो क्षेत्रमा उपनिर्वाचन गराउने घोषणा गर्दै तयारी अघि बढाएको थियो । त्यसै गरी चितवन २ को निर्वाचन कार्यक्रमअनुसार नै चैत १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्नेलगायत वैशाख १० गते नै निर्वाचन गर्ने आयोगले तयारी गरिरहेको छ ।

चितवनमा उपनिर्वाचनको प्रयोजनले दल दर्ता गर्ने कार्य सकिएको छ भने अरू तयारीहरू गरिरहेको स्थितिमा तनहु“ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउनुपर्ने स्थिति उत्पन्न भएको हो । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र तनहु“ क्षेत्र नं १ र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा क्षेत्र नं २ खाली भएपछि सो स्थानमा पनि एकैदिन उपनिर्वाचन गराउने हिसाबले आन्तरिक तयारी गरिएको आयोगले जनाएको छ ।

संसद् सचिवालयले आयोगलाई तनहु“ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को सांसद खाली रहेको विषयमा आधिकारिक जानकारी दिएपछि आयोगले तनहु“ र बारामा उपनिर्वाचन गराउन सरकारसँग सल्लाह गर्ने पनि आयुक्त भण्डारीले बताउनुभयो । ‘त्यसपछि ती दुई जिल्लाका दुवै क्षेत्रमा निर्वाचन गराउने विषयमा आधिकारिक रूपमा निर्णय हुनेछ’ –उहा“ले भन्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *