ताजा समाचार

कतारमा अल्पविकसित राष्ट्रहरूको बैठक जारी

दोहा । कतारको दोहामा अल्पविकसित (एलडीसी) राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलन जारी छ ।

कतारमा आज सुरु भएको सम्मेलनमा स्वागतदेखि सामूहिक फोटो, परिचयको कार्यक्रम छ । भोलि (आइतबार) देखि आगामी बिहीबार छलफल हुने बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली सहभागी छ ।

हिजो शुक्रबार गएको श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा एलडीसीबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति हासिल गर्न उनीहरूले सामना गरिरहेका प्रमुख चुनौतीहरू र तिनीहरूलाई कसरी पार गर्ने भन्ने बारे ज्ञान, अनुभव र राम्रा अभ्यासहरूबारे छलफल हुनेछ ।

त्यस्तै अतिकम विकसित मुलुकको समूह–एलडीसीबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्न नेपाल लगायत ७९ राष्ट्रलाई सूचनासमेत दिएको थियो । जसमध्ये हाल नेपालसहित ४६ मुलुक एलडीसीको सूचीमा छन् । त्यसका लागि प्रति व्यक्ति आय, मानव विकास र आर्थिक जोखिम जस्ता सूचकाङ्क पूरा गर्नुपर्ने हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *