ताजा समाचार

ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए ।

रेल ठोक्किएपछि आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रकहरुको टोली खटिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *