ताजा समाचार

आखिर कहाँ छन् बेपत्ता भनिएका चिनियाँ अर्बपति ?

काठमाडौं । दुई हप्ता अघिदेखि सम्पर्कविहीन रहेका चिनियाँ अर्बपति बाओ फ्यान सरकारी अधिकारीहरूसँग रहेको खुलेको छ । फ्यानले चिनियाँ अधिकारीहरूलाई एक अनुसन्धान गर्न सहयोग गरिरहेको उनको बैंकले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्स बैंकका सीईओ बाओ फ्यान सम्पर्कमा नरहेको भन्दै ११ दिनअघि बैंकले विज्ञप्ति निकालेको थियो । अर्बपति बाओले जनवादी गणतन्त्र चीनका केही अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको उनको बैंकले जनाएको बीबीसीले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्सको सीईओ एवम् संस्थापकसँगै अरबपति बाओ चीनका एक अग्रणी डिल ब्रोकर हुन् । जसका ग्राहकहरूमा शीर्ष टेक्नोलोजी कम्पनीहरू रहेका छन् । बाओ बेपत्ता भएपछि फर्मको शेयर घटेकामा आज भने बढेको बीबीसीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *