संसद

सांसद रहमानको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं ।प्रतिनिधिसभा बैठकले जनता समाजवादी पार्टीका सांसद शहनाथ रहमानको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्‍ताव पढेर सुनाएका थिए।

बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो।

बैठकमा सांसद रहमानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट मौन धारणा गरिएको थियो। उनको ६३ वर्षको उमेरमा हृदयघातबाट शनिबार निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *