ताजा समाचार

अकस्मात कीभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन अकस्मात युक्रेनको राजधानी कीभ पुगेका छन् । राष्ट्रपति बाइडेन रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक बर्ष पुग्दै गरेको समयमा अकस्मात सोमबार कीभ पुगेका हुन् ।

युक्रेनला रुसविरुद्ध जारी लडाईमा सहयोगको घोषणा गर्न राष्ट्रपति बाइडेन कीभ पुगेका हुन् ।

बाइडेनले यसअघि पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडासँग भेटवार्ता गरेका थिए ।

बाइडेनले कीभमा युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै आफु युक्रेनलाई थप सहयोग गर्न र युक्रेनको प्रजातन्त्र, सार्भभौमिकताप्रति अमेरिकाको प्रतिबद्धता जाहेर गर्न कीभ आएको बताए ।

साथै बाइडेनले युक्रेनलाई थप सैन्य सहयोग गर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *