ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना : चालक र सहचालक दुवैको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो । गए राति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा ज्यान गएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *