ताजा समाचार

४८ घण्टामा दोस्रो पटक उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले पछिल्लो ४८ घण्टामा पुनः दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका रक्षामन्त्री ली–जोङ–सुपले जापानको सागरतर्फ मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जापानले पनि यसको पुष्टि गरेको छ ।

अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासको एक दिनपछि दोस्रो मिसाइल परीक्षण गरिएको हो । फेब्रुअरी १८ मा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो । यसपछि फेब्रुअरी १९ मा अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास सुरु गरेका थिए ।

फेब्रुअरी २३ मा, अमेरिका र दक्षिण कोरियाले वाशिंगटनमा आपतकालिन समयमा सैन्य अभ्यास र रणनीति बारे टेबलटप अभ्यास गर्न लागेका छन् । यस अभ्यासमा दुई देशबीच आणविक हतियारको प्रयोग र सम्भावित खतराका बेला संकट व्यवस्थापनका विषयमा छलफल हुनेछ ।

आदानप्रदानका साथै यस क्षेत्रमा अमेरिकाको संलग्नता बढाउने विषयमा पनि कुराकानी गर्नेछन् । यससँगै मार्चमा दुवै देशका सेनाले संयुक्त क्षेत्रीय अभ्यासमा पनि भाग लिनेछन् ।

आणविक र ब्यालेस्टिक किलरको परीक्षणलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । सरल शब्दमा भन्नुपर्दा, उत्तर कोरियाले आणविक र ब्यालिस्टिक मिसाइल परीक्षण गर्न सक्दैन । यसका बाबजुद पनि लगातार मिसाइल परिक्षण भैरहेको छ । यसअघि मे महिनामा पनि मिसाइल परिक्षण गरिएको थियो ।

उत्तर कोरियाले आफ्नो सैन्य क्षमता तिब्र गतिमा बढाएको छ । यसअघि पनि उत्तर कोरियाले धेरै मिसाइल परिक्षण गरिसकेको छ । उत्तर कोरियाले गत वर्ष ३४ वटा मिसाइल प्रहार गरिसकेको छ । शुक्रबार प्रहार गरिएको मिसाइलको उचाइ र दायरा मार्च २४ मा प्रहार गरिएको मिसाइलभन्दा १०० किलोमिटर कम थियो ।

सीएनएनको रिपोर्टका अनुसार गत मार्चमा प्रहार गरिएको मिसाइललाई उत्तर कोरियाको अहिलेसम्मकै सबैभन्दा खतरनाक मिसाइल मानिएको छ । यो ६,२४८.५ किलोमिटर उचाइमा उडेको थियो भने १०९० किलोमिटरको दूरी तय गरेको थियो ।

उत्तर कोरियाले आफूलाई आणविक राष्ट्र घोषणा गर्ने विधेयक पारित गर्नुका साथै धेरै मिसाइल परीक्षण गरेको छ । यसबाहेक फेब्रुअरी ९ मा देशमा सेना स्थापना भएको ७५औँ वर्षगाँठमा देशकै ठूलो सैन्य परेडको आयोजना गरिएको थियो । राजधानी प्योङयाङमा करिब १ दर्जन इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रदर्शन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *